आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ह्वील स्टेरिङ लक भएपछि सुर्खेत उडेको श्री एयरको विमान 'डाइभर्ट'

ह्वील स्टेरिङ लक भएपछि सुर्खेत उडेको श्री एयरको विमान 'डाइभर्ट'

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ।

National life

विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभइ ‘डाइभर्ट’ भएको हो।

'काठमाडौंबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो', उनले भने, 'ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो। अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ।'

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्‍याइएको जानकारी दिए। रासस

Shivam cement

प्रकाशित: Sep 09, 2024| 11:22 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्