सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १ जनवरीमा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

१ जनवरीमा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पाँच वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यस वर्ष पनि जनवरी १ मा भव्यताका साथ मनाइने भएको छ।  यो अभियान देश विदेशका नेपाली र नेपालीमूलका नागरिकहरुको अथाह सहभागिताका कारण छोटो समयमै देश बिदेशमा व्यापक भइरहेको छ। 

यस अभियानलाई थप व्यवस्थित, व्यापक र संस्थागत बनाउने उद्देश्यले “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” का संस्थापक अभियन्ता द्वय डा लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गत बर्ष  “नेपाली टोपी प्रतिष्ठान” नामक  गैर सरकारी, गैर नाफामुलक संस्था गठन गरिएको थियो। 

यसै सन्दर्भमा नेपालीले बसोबास गर्दै आएका विश्वका हरेक मुलुकमा नेपाली टोपी अन्तर्राष्ट्रिय प्रतिष्ठान शाखाको  स्थापना गर्ने क्रममा अन्तर्राष्ट्रिय छैठौं नेपाली टोपी दिवसको अवसरमा विश्वका ३९ मुलुकहरुमा नेपाली टोपी प्रतिष्ठान शाखा गठन भएको प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले बताए।

उनले हाल सम्म गठन भएका टोपी प्रतिष्ठानका अन्तर्राष्ट्रिय शाखा र अध्यक्ष निम्‍नानुसार रहेको छन्। 

१  रोमानिया - खगेन्द्र अधिकारी 
२  ग्रीस- कृष्ण पोखरेल 
३  रसिया- ईन्द्र प्रसाद भुसाल 
४  हंगेरी - नारायण भण्डारी 
५  लक्जेम्बर्ग - बालहरि राई 
६  अष्ट्रेलिया- महेन्द्र कुमार लम्साल 
७  न्यूजिल्याण्ड- बुद्धि सागर घिमिरे 
८  ओमान - दीपक श्रेष्ठ 
९   नर्वे- नयन मल्ल 
१०  स्वीडेन - प्रेम गौतम 
११  थाईलैण्ड- मिलन घिमिरे 
१२  पोर्तुगल- कुबेर कार्की 
१३  स्पेन - दीपक खरेल
१४  आयरल्याण्ड- राजन काफ्ले 
१५  बेल्जियम - दीपक न्यौपाने
१६  अष्ट्रिया - जीवन जंग कुँवर
१७  मल्डोभा - गिरीश उप्रेती 
१८  हङकङ - कृष्ण पाण्डे 
१९  ईजरायल - खेमराज जमर कट्टेल
२०  जापान - चुडामणि काफ्ले  
२१  अमेरिका - राज पोखरेल 
२२  फ्रान्स - मिन जि सी
२३  दक्षिण कोरिया - के पी सिटौला
२४  मलेसिया  - कृष्ण प्रसाद नेपाल 
२५  फिनल्याण्ड- सुदिप भूषण  अर्याल 
२६  कतार- कुमार कार्की  
२७  बुल्गेरिया - गुञ्ज बहादुर चोख्याल 
२८  जर्मनी - रण बहादुर साउद 
२९  ईटली- दिनेश बाला श्रेष्ठ
३०  ब्राजिल- गणेश गुरुङ
३१  पोल्याण्ड- डा। बोधराज सुबेदी 
३२  कुबेत - गोबिन्द प्रसाद तिम्सिना 
३३  म्यानमार-  सागर घिमिरे 
३४  डेनमार्क- रमेश  घिमिरे 
३५  यू के - अर्जुन कटुवाल 
३६  माल्दिभ्स - डा शैलेश भगत
३७  स्वीट्जरल्याण्ड - भूमिराज गुरुङ
३८  ताईवान - शुदर्शन पाण्डे
३९  क्यानाडा - गोपी कृष्ण काफ्ले

संस्थापकद्वय  डा लेखनाथ काफ्ले, शंकर बन्जाडे र टोपी परम्पराको थालनी गर्नु हुने डा गोविन्दसिंह  रावत टोपी अभियानका अग्रज हुन्। क्यानडाबाट २०१० नोभेम्बरदेखि टोपी इभेन्टको नामबाट कार्यक्रममा अनिवार्य टोपी लगाएर उपस्थित हुने परम्पराबाट शुरू भए पनि सो क्रमलाई निरन्तरता दिन सकिएको थिएन। जसलाई संस्थापकद्वय काफ्ले र बन्जाडेले सामाजिक संजालमार्फत २०१३ जनवरी १ बाट अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नामले अभियानको शुरुवात गरेका थिए। 

नेपाली टोपी प्रतिष्ठानले,  नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ(आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मानेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।