शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुपर टप मोडलको पहिलो अडिसन जनकपुरमा सम्पन्‍न

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
जनकपुर- मोडल सङ्स नेपालको आयोजनामा जनकपुरमा अल स्टार नेपाल सुपर टप मोडलको पहिलो अडिसन सम्पन्न भएको छ। महिला तथा पुरुषहरुको लागि लक्षित गरी कार्यक्रमकोआयोजना गरिएको उक्त सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले जनाए। 

जनकपुरको विट एण्ड स्टेप्स डान्स स्कुलमा सम्पन्‍न अडिसनमा सहभागी ३० भन्दा बढी प्रतिस्पर्धीहरुमध्ये बाट १० जना प्रतिस्पर्धी प्रतियोगीताको लागि छनौट भएको प्रोग्राम मेनेजर सुमित शर्माले जनाए । साथै छनौट भएका प्रतिस्पर्धीहरुलाई प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने  शर्माले बताए ।

प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि २५ बर्ष सम्म र महिलाको उचाइ ४’ ८' र पुरुष ५’ भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ। उक्त प्रतियोगिताको बिजेताले पचास हजार , फर्स्ट रनरअपले तीस हजार र सेकेन्ड रनरअपले बिस हजार नगद पुरस्कारसहित अन्तराष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामासमेत सहभागि हुन पाउनेछन 

प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्‍चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा विशेष प्रशिक्षण प्रदान गरीने कार्यक्रम निर्देशक कृष्ण कामतले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्