बुधबार, जेठ १३, २०८३

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

 |  शनिबार, भदौ २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २२, २०८१
National life
Shivam cement

काठमाडौं- बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन्। नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियर शोमा सहभागी हुन उनी काठमाडौं आइपुगेको निर्माण पक्षले जनाएको छ।

आइतबार काठमाडौंमा ‘साम्बाला’को प्रिमियर शो गरिँदै छ। त्यसमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप पनि आउने तय छ।

मीनबहादुर भाम निर्देशित चलचित्र हेर्न उनीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको निर्माण पक्षले जनाएको छ। ‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ। चलचित्रमा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा छन्।
यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो। फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान् खोज्दाको कथा समेटिएको छ।

प्रकाशित: Sep 07, 2024| 17:34 शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्