काठमाडौं- सरकारले तीन सय वटा विद्युतीय बस किन्नेसहितका १३ निर्णय गरेको छ। मन्त्रिपरिषद्को पुस ६ गते र ९ गते बसेको बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएङ्का छन्।
सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकारले आफ्नै लगानीमा तीन सय विद्युतीय बस खरिद् गर्ने निर्णय गरेको बताएका हुन्।
सरकारले काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बाँस्कोटाको भनाइ छ । त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए।
त्यस्तै मन्त्रिपरिषद्ले नेपाल र संयुक्त अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। जसमा २०१९ जनवरीदेखि पाँच वर्षको बहुप्रवेशी भिसा लिंदा अमेरिका र नेपाली दुवै पर्यटकले १६० डलर दस्तुर तिर्नुपर्ने छ। यसअघि अमेरिकाले १६० र नेपालीले १०० डलर तिर्दै आएका थिए।
यससँगै विद्यार्थी भिसामा लिंदै आएको २०० डलर निलिन परराष्ट्रलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४