आइतबार, जेठ १७, २०८३

सुनको भाउ एक लाख ५३ हजार नाघ्यो

 |  शुक्रबार, भदौ २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २१, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ। विहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ। विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ। 

प्रकाशित: Sep 06, 2024| 12:59 शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्