सोमबार, साउन ११, २०८३

काठमाडौंमा अचानक चिसो हावा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं -  राजधानीमा बिहिबार अचानक चिसो हावा चलिरहेको छ। पुस सुरु भएसँगै देशभरको तापक्रममा गिरावट आएको छ। 

उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुन्छ। केही वर्षअघिसम्म पश्चिम दिशाको हावामात्रै प्रवेश हुने राजधानी खाल्डोमा अहिले उत्तर/पश्चिमी दिशा भएर हावा बहने गरेकाले चिसो वायुको मात्रा बढी भएको र तापक्रम घटेको मौसमवीदले जनाएका छन्।

उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन प्रभावित पारेको छ। बारा, पर्सा, रौतहट, सिरहा, नवलपरासी (पूर्व र पश्चिम), रूपन्देही, कैलालीलगायत तराईका अधिकांश क्षेत्रमा शीतलहरको प्रभाव देखिएको छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री मापन गरिएको छ। यो वर्षकै न्यूनतम तापक्रम हो। बुधबार काठमाडौंको तापक्रम २ डिग्री मापन गरिएको थियो। शुक्रबार माइनस २ डिग्रीसम्म तापक्रम झर्ने पूर्वानुमान गरिएको छ। 

जुम्लाको बिहीबारको न्यूनतम तापक्रम भने माइनस ८ डिग्री मापन गरिएको छ। बुधबार जुम्लामा माइनस ७ दशमलव ६ डिग्री मापन गरिएको थियो। हिमाली भेगमा तापक्रम माइनसमा झरेसँगै खोलाहरु जम्न थालेका छन्। दिपायलको न्यूनतम तापक्रम १ दशमवल ८ डिग्री मापन गरिएको छ। त्यस्तै डडेल्धुराको न्यूनतम तापक्रम शून्य दशमलव ७ डिग्री पुगेको छ। धनगढीको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री छ। 

विरेन्द्रनगरको तापक्रम २ दशमलव ८ डिग्री, नेपालगन्‍जको २ दशमलव ८ डिग्री पुगेको छ। दाङको तापक्रम ५ डिग्री, पोखराको ६ दशमलव ५ डिग्री, भैरहवाको तापक्रम ७ डिग्री, सिमराको ५ दशमलव ५ डिग्री छ मापन गरिएको छ।

ओखलढुंगाको ४ दशमलव ६ डिग्री, ताप्लेुङको ३ दशमलव ५ डिग्री, धनकुटाको ७ दशमलव ६ डिग्री, विराटनगरको ८ दशमलव ४ डिग्रीमा झरेको छ। जोमसोमको न्यूनतम तापक्रम माइनस ३ दशमलव २ डिग्री छ भने जिरीको तापक्रमा माइनस ३ दशमलव ३ डिग्री मापन गरिएको छ। लुम्लेको तापक्रम २ डिग्री छ भने जनकपुरको तापक्रम ७ डिग्री मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चिसो अझै बढ्‍ने बताएको छ। आज देशका पहाडी भुभागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।