मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से १२.१० अंकले घट्यो, कारोबार रकम साढे ९ अर्बमा सीमित

नेप्से १२.१० अंकले घट्यो, कारोबार रकम साढे ९ अर्बमा सीमित

 |  बिहीबार, भदौ २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २०, २०८१

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से घटे पनि दुई उपसमूहको परिसूचक भने सकारात्मक रहेको छ।

National life

बिहीबार १३ उपसमूहमध्ये लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। लघुवित्तको उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूच्क १ प्रतिशत घटेको छ।

नेप्से परिसूचक भने १२.१० अंक घटेर २७२७.३६ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ स्टकको १ लाख १२ हजार ६९२ पटकको कारोबारमा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.९१ प्रतिशत घटेको छ।

Laxmi sunrise bank
kumari

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनएलजी इन्स्योरेन्सको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको करिब ३० करोडको शेयर किनबेच भएको छ।

प्रकाशित: Sep 05, 2024| 15:19 बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्