शनिबार, चैत २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

 |  बिहीबार, भदौ २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २०, २०८१

पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छूटको योजना ल्याएको छ ।यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्सट्रेलमा लागू हुनेछ ।

National life

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छूटको योजना ल्याइएको कम्पनीले बताएको छ । यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ ।‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने छन् जसमा एक वर्ष निःशुल्क गाडी व्यापक बीमा, निःशुल्क तीन वर्षको सडक कर, निःशुल्क तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टि र १५ लाख रुपैयाँसम्मको छूटहरूबाट लाभान्वित हुन सकिने छ ।

निसान म्यागनाइमा एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयूभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू छन् ।

निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने छ ।त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ ।

निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।

kumari

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छूटका साथ खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

यी सुविधाहरूमा शर्तहरू भने लागू हुने छन् । कम्पनीले योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास लिएको बताएको छ ।

प्रकाशित: Sep 05, 2024| 14:52 बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्