आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तीजको शुभकामनासहित कुमारी बैंकले ल्यायो क्यास ब्याक अफर

तीजको शुभकामनासहित कुमारी बैंकले ल्यायो क्यास ब्याक अफर

 |  बिहीबार, भदौ २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २०, २०८१

कुमारी बैंक लिमिटेडले तीजको अवसरमा क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

National life

नेपाली नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गर्दै क्यास ब्याक योजना ल्याइएको बैंकले जनाएको छ ।

यस अफरमा भाग लिन विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरूका खाताबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्नुपर्ने छ ।

यो अफरअनुसार यही भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीले १०० रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् ।

यस योजनाबाट सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Shivam cement

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

प्रकाशित: Sep 05, 2024| 14:51 बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्