बुधबार, पुस २, २०८२

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’ अफर

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ।

National life

यो योजना निसानका सबै गाडीहरू- निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स-ट्रेलमा लागू हुनेछ।

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो। यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ।

‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनुहुनेछ जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र रू. १५ लाखसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ।

निसान म्यागनाइट– एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन्। निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन्।

Laxmi sunrise bank
kumari

त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ। निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन्।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ। यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन्। पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ र सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान सोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू को मज्जा लिन आह्वान गर्दछ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: Sep 04, 2024| 15:24 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्