बिहीबार, भदौ ४, २०८३

नेप्से ९० अंकले घट्यो, करिब १३ अर्बको कारोबार

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ।

आजको कारोबारमा बजार ९०.७३ अंकले घटेको हो। योसँगै बजार मापक २७३९.४६ बिन्दुमा कायम भएको छ। उच्च अंकले बजार घट्दा ३१ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, २१३ कम्पनीको सेयर मूल्य घटेको छ।
एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त तथा इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

आज १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर एक लाख ३७ हजार १६३ पटकमा खरिदबिक्री भएको छ। बजार घट्दा सम्पूर्ण उपसूचक समूह राताम्मे देखिएका छन्। फाइनान्स समूह ५.१५ प्रतिशत, होटेल तथा पर्यटन समूह ४.४७ प्रतिशत, अन्य समूह ३.७८ प्रतिशत, लगानी समूहले ३.५६ प्रतिशत सेयर मूल्य गुमाएको छ।

साताको पहिलो कारोबार दिन आइतबार ५३ अंकले घटेको बजार दोस्रो कारोबार दिनमा भने १२७ अंकले बढेको थियो। यस्तै, मंगलबार बजार ६ अंकले बढेको थियो।
 

प्रकाशित: Sep 04, 2024| 15:22 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्