काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र नगरकोट भक्तपुरमा स्थित होटल भ्यू पोइन्टबीच सम्झौता भएको छ। सो सम्झौतासँगै बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले होटलका सेवा लिएवापत छुट पाउने भएका छन्।
सम्झौता पत्रमा बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलका प्रबन्धक निर्देशक दिनेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्। बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यू पोइन्टमा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीले २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ।