शनिबार, जेठ १६, २०८३

क्रेस्ट माइक्रो लाइफले इक्रा नेपालबाट पायो रेटिङ

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ।

National life

इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ।

साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ संग सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ।

स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो। निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्नेछ।

यस कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड पचास लाख रुपैयाँ रकम बराबरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई प्रति शेयर रु १०० अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ।

Shivam cement

 

प्रकाशित: Sep 04, 2024| 15:11 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्