बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल एसबिआई बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकट खरिद गर्दा छुट पाउने भएका छन्।

National life

हालै बैंक र बुद्ध एयर प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी एयर टिकटमा ८ %सम्म छुट दिने सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र बुद्ध एयरका मार्केटिंङ/सेल्स निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा एनएसबीएलका पदाधिकारीहरु, सल्लाहकार छपीराज पन्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रविणमुनि बज्राचार्यको पनि उपस्थिति थियो।

बैंकले देशभर १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत बैंकिङ सेवा दिइरहेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Sep 04, 2024| 15:10 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्