शनिबार, जेठ १६, २०८३

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

रुकुम- रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रूपैयाँ अनुदान पाएका छन्। गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा १५ लाख रूपैयाँ अनुदान पाएका हुन्।

National life

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो। यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए।

फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए। करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख गरे।

बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए। फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चारसय ७७ किसानले १५ लाख रूपैयाँ अनुदान पाएका उनले जानकारी दिए।

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन्।

Shivam cement

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो। प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन्। रासस

प्रकाशित: Sep 04, 2024| 21:01 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्