शनिबार, जेठ १६, २०८३

सार्वजनिक बिदाको भ्रम फैलाउने पक्राउ

सार्वजनिक बिदाको भ्रम फैलाउने पक्राउ

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१
National life
Shivam cement

काठमाडौं- आज सार्वजनिक बिदा भन्दै गलत सूचना सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। आज भदौ १९ गते सार्वजनिक बिदा भन्दै गृह मन्त्रालयको नक्कली लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो। पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको थियो।

गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो। साइबर ब्यूरोसँग समन्वय गरेर थप छानबिन र पुष्टि गर्ने काम चितवन प्रहरीले गरिरहेको छ।

प्रकाशित: Sep 04, 2024| 13:04 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्