बिहीबार, पुस ३, २०८२

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो बैठक दिउँसो साढे १२ बजे बस्ने छ। 

National life

एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको बताए। 

उनका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ। पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ। 

आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको कार्यालय सचिव डा अधिकारीले बताए। 

प्रकाशित: Sep 04, 2024| 11:54 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्