बिहीबार, पुस ३, २०८२

पाँच दिनअघि दुई नाबालिग छोरी मृत फेला, आमा आज अस्वस्थ भेटिइन्

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

दुई छोरीको हत्या आरोपमा अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाकी आमालाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको हो।

National life

अस्वस्थ अवस्थामा भेटिएकी आमालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनले दुई छोरीलाई विष खुवाएर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छिन्। पहिला आफूले विष खाएको र त्यसपछि छोरीहरूलाई खुवाएको बयान उनले दिएकी छन्।

अस्मिताले घरबाट सँगै लिएर गएको भनिएका दुई नाबालिका छोरी गत शनिबार दिउँसो मृत फेला परेका थिए। श्रीमान् अर्जुन र अस्मिता सुन्दरहरैँचा–७ मा भाडाको घरमा बस्दै आएका थिए। श्रीमान् अर्जुनसँग विवाद भएपछि अस्मिताले नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणालाई लिएर हिँडेकी थिइन्।

निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको प्रहरीले जनाएको छ। अस्मिताले श्रीमानलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको प्रहरीले जनाएको छ। उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शव नजिकै फेला परेको थियो। 
 

प्रकाशित: Sep 04, 2024| 10:10 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्