मंगलबार, असार १७, २०८२

सार्वजनिक बिदाका यी २४ दिनमा खोल्नु पर्नेछ अस्पतालका ओपीडी [सूचीसहित]

 |  मंगलबार, भदौ १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

vianetvianet

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ।

मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बिदाका दिनमा पनि ओपीडी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको थियो।

साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ। 

प्रकाशित: Sep 03, 2024| 18:43 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्