शनिबार, चैत २१, २०८२

बालेनले भने- पोस्ट उडाउने हैन, दोषी समाउ सरकार

 |  मंगलबार, भदौ १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको पोस्ट सरकारको मिलेमतोमा उडाइएको आरोप लगाएका छन्।

National life

नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरण सरकारकै मिलेमतोमा उडाइएको आरोप बालेनले लगाएका हुन्। फेसबुकले हटाइदिएको पोस्टबारे बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने होइन, दोषी समाउ सरकार !’

मंगलबार भएको कार्यपालिका बैठकमा वडाअध्यक्षहरू र उपमेयर सुनिता डंगोलले पनि चर्को आलोचना गरेलगत्तै बालेनको उक्त पोस्ट आएको हो। कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूले बालेनको कार्यशैलीलाई लिएर विरोध जनाएका थिए। उपमेयर डंगोलले महानगरको नेतृत्वको कार्यशैलीका कारण जनताले घेर्न आउन थालेको बताएकी थिइन्।

प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण गरेर यातना दिएको दाबि बालेनले गरेका थिए। तर एमाले कार्यकर्ताहरूले बालेनलाई चुनौती दिँदै पुष्टि गर्न र अदालतको फैसलालाई गलत ब्याख्या नगर्न चुनौती दिएका थिए। बालेनको उक्त पोस्टमा अत्यधिक रिपोर्ट परेपछि फेसबुकले कम्युनिटी गाइडलाइन कायम नभएको भन्दै हटाइदिएको थियो। 
 

प्रकाशित: Sep 03, 2024| 18:38 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्