बिहीबार, पुस ३, २०८२

नदीजन्य पदार्थको चोरी निकासी रोक्न सुनवलमा अभियान सञ्चालन

 |  मंगलबार, भदौ १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

नवलपरासी- पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नदीजन्य सामग्रीको चोरी निकासी रोक्न ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन गरेको छ।

National life

नगरपालिकाअन्तर्गत विभिन्न नदीबाट चोरी गरी विभिन्न ठाउँमा थुपारेर राखिएका नदीजन्य पदार्थ जफत गर्दै आएको नगर प्रमुख विमला अर्यालले जानकारी दिइन्।

पछिल्लो पटक तुरिया खोला,  चारघरे,  सोमई  टोललगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो।

जफत गरिएका नदीजन्य पदार्थलाई कानूनअनुसार लिलाम गरिनेछ। अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारी साधन नियन्त्रण र थुपारेर राखिएका पदार्थ जफत अगाडि बढाइएको नगर प्रमुख अर्यालले बताइन्।

विभिन्न खोलाबाट पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले थुपारेर राखिएको स्थानको खोजी गरेर जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिइन्।

Laxmi sunrise bank
kumari

वर्षाको समयमा असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी निकासी बढेको हो। चोरी गरिएका नदीजन्य पदार्थलाई खोला छेउ, झाडी, कुला, खुला चौरलगायत स्थानमा ढुङ्गा  थुपारेर राखेको अवस्थामा जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिइन्।

नगर क्षेत्रको पानभार खोला, भूमही खोला क्षेत्रमा पनि अवैध रूपमा नदीजन्य पदार्थ थुपारेर राखिएको बताइएको छ। ती स्थानहरूमा पनि क्रमशः अनुगमन गरेर जफत गरिने नगर प्रमुख अर्यालले जानकारी दिइन्। रासस

प्रकाशित: Sep 03, 2024| 16:31 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्