शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एनसेलबारे मन्त्रिपरिषद्को निर्णयमा सांसद साहको आपत्ति

 |  मंगलबार, भदौ १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

काठमाडौं- आम जनता पार्टी (आजपा) सांसद प्रभु साहले एनसेललाई किस्ताबन्दीमा राजश्व तिर्ने गरी नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाएका छन्।

himalayan bank box

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले करदाता कार्यालयले तोकेको राजश्व नलिईकन किस्ताबन्दीमा राजश्व लिने गरी नवीकरण गर्ने निर्णयमा आपत्ति जनाएका हुन्।

‘यो अर्बौं राजश्व हिनामिना हुने गरी सरकारले के आधार र कुन कानुनमा टेकेर नवीकरण गरियो ? प्रधानमन्त्रीको एनसेलसँग के कनेक्सन छ? उनले प्रश्न गरे। सांसद साहले कानुन सबैलाई किन समान हुँदैन भन्ने प्रश्न गरे। उनले आम जनताले आफ्नो संस्था नवीकरण गर्दा एनसेल जस्तै राजश्व छुट पाउँछ कि पाउँदैन भनेर पनि प्रश्न उठाएका छन्।

 

प्रकाशित: Sep 03, 2024| 15:51 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्