सोमबार, साउन ११, २०८३

दोस्रो बिहे गर्ने सालीभेना पक्राउ   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बहुविवाहको अभियोगमा सालीभेना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ढकारी गाउँपालिका १ किम्तोलाका प्रेमप्रसाद रिमाल र मंगलसेन ६ कि उर्मिला भण्डारी पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला अदालत अछामबाट म्याद थपगरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । रिमालकी जेठी श्रीमती जमुना भण्डारीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुले ८ मंसिरमा भागेर विवाह गरेका थिए । जेठी श्रीमतीबाट बच्चा नभएको भन्दै दोस्रो विवाह गर्न रिमालका परिवारले कर लगाएको प्रेमले बताए । रिमालले साली उर्मिलासँग दोस्रो पटक भागि विवाह गरेका हुन्।
 जेठी श्रीमती जमुना र कान्छी श्रीमती उर्मिला दिदीबहिनी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।