बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर, जिप र कार घट्यो

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर, जिप र कार घट्यो

 |  सोमबार, भदौ १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

पर्सा- देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल आयातामा उल्लेख्य वृद्धि भएको छ। सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ। 

National life

गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ। सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ। 

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए।  

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ।

भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए। 

Laxmi sunrise bank
kumari

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व संकलन भएको थियो। चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Sep 02, 2024| 22:01 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्