सोमबार, साउन ११, २०८३

हुलाकी राजमार्ग बनाउन ६० करोड मुआब्जा बाँडियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्‍ज- हुलाकी राजमार्ग निर्माणका क्रममा सडक बिस्तार गर्दा अधिग्रहण गरिएका घरजग्गाको मुआब्जा वापत सरकारले स्थानीयलाई ६२ करोड रुपैयाँ भन्दा बढी रकम वितरण गरेको छ ।

मुआब्जा वितरण कार्य गरिरहेको जिल्ला प्रशासन कार्यालयले बहुअरी चोकदेखि एकीकृत जाँच चौकी (आईसीपि) सम्मको साढे सात किलोमिटर लामो सडकको दायाँबायाँ स्तरोन्नतीका लागी मुआब्जा वितरण गरेको हो ।

यो सडकको चौडाइ पन्ध्र मिटर रहेकोमा हुलाकी राजमार्ग निर्माण गर्न २५ मिटर फराकिलो बनाउन लागिएको हो । जग्गाको मुआब्जालाई ६२ करोड ५० पचास लाख रुपैयाँ र भवनको मुआब्जा दिन ६० करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो मध्ये भवनको लागी नौ करोड १५ लाख रुपैयाँ र जग्गा अधिग्रहण वापतको ५१ करोड १५ लाख रुपैयाँ  वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

 जिल्ला प्रशासन कार्यालयका अनुसार कूल एक सय ७५ जनाको  दुई सय १३ कित्ता जग्गा वापतको रकम मुआब्जा बाँडिएको छ। यसैगरी घर टहरा भत्काएर अधिग्रहण गरिएका ७७ मध्ये पाँच जनालाई मात्र मुआब्जा वितरण गर्न बाँकी छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको र केही व्यक्तिले सार्वजनिक जग्गामा‌ समेत मुआब्जा दाबी गरेकोले वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए ।

आइसिपी जोड्ने सडक फराकिलो बनाइने

यसैगरी सुख्खा बन्दरगाह चण्डाल चोकदेखि एकीकृत जाँच चौकी आईसीपि सम्म १.१ किमि लामो सडक थप फराकिलो बनाउन स्थानीयलाई अतिरिक्त मुआब्जा वितरण गरिएको छ ।

 हुलाकी राजमार्ग खण्डमा पर्ने यो सडक खण्डको अहिलेको चौडाई ३० मिटर मात्र छ । प्राविधिकका अनुसार आईसिपीबाट आउजाउ गर्ने मालबाहक सवारीको चाप धान्न एक सय मिटर फराकिलो सडक आवश्यक छ ।

दुई सय ६७ जना जग्गा धनीको सडकको मध्य रेखाबाट  दायाँबायाँ २५-२५ मिटर जग्गा अधिग्रहण गरिएको हो । कुल ५.५ बिघा जग्गा अधिग्रहण गर्न मुआब्जा वापत अर्थ मन्त्रालयले ९० करोड रुपैयाँ निकासा गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।