सोमबार, भदौ ३१, २०८१

मिस एण्ड मिसेस नेशनल क्विन २०२४ को अडिसन सम्पन्न

 |  आइतबार, भदौ १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

काठमाडौं- मिस एण्ड मिसेस नेशनल क्विन २०२४ को अडिसन सम्पन्न भएको छ।

triton college

काठमाडौंको दरबारमार्गस्थित एक लाउन्जमा आयोजित कार्यक्रममा २५ जनाको अडिसन गरिएको आयोजक संस्था ओएसिस इन्टरटेन्मेन्ट एण्ड ईभेन्ट हबले जनाएको छ। गएको शनिबार सम्पन्न अडिसनमा काठमाडौं लगायत विभिन्न ठाउँबाट महिलाहरुले सहभागीता जनाएका थिए।

यो एक विवाहित र अविवाहित महिलाहबीचको सौन्दर्य प्रतियोगिता हो। आयोजक संस्थाकी अध्यक्ष सुशीला थापाले यस प्रतियोगिताले सहभागी महिलाहरुको क्षमतामा वृद्धि गर्ने बताइन्। ‘कार्यक्रमले सामाजिक हुन सिकाउनेदेखि वौद्धिक क्षमतामा विकास गर्नेछ,’ उनले भनिन्, ‘हाम्रो जोड नै महिला सशक्तिकरणमा हो। अझ विवाहित महिलाहरु जो गृहणी हुनुहुन्छ घरमा मात्र सीमित नभएर बाहिरको काममा पनि हाम्रो क्षमता देखाउनुपर्छ।’

यस प्रतियोगिताको फिनाले आगामी असोज १० गते राष्ट्रिय नाचघर जमलमा हुने बताइएको छ। मिस एण्ड मिसेस नेशनल क्विन २०२४ सँग ब्राइट फ्युचर डान्स सेन्टरले सहकार्य गरेको छ। उक्त डान्स सेन्टरका अध्यक्ष शुसान्त आरटीका अनुसार अडिसनमा सहभागी विवाहित र अविवाहित महिलाहरुले देखाएको उत्सुकताबारे जानकारी दिए। उनका अनुसार अविवाहितसँगै विवाहित महिलाहरुको सहभागिता पनि उत्तिकै संख्यामा रहेको छ।

प्रकाशित: Sep 01, 2024| 15:45 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्