सोमबार, साउन ११, २०८३

नेकपा स्थायी समिति : आलोचकको जवाफ दिँदै ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- १३ दिनदेखि जारी नेकपाको स्थायी समिति बैठकमा बिहीबार अध्यक्ष केपीशर्मा ओलीले जवाफ दिने भएका छन् । दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने  बैठकमा ओलीले राजनीतिक प्रतिवेदमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका हुन् । 

बुधबारको बैठकमै जवाफ दिने भनिए पनि ओलीको कार्यव्यस्तताका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र जवाफ दिएका थिए। प्रचण्डले सरकारको काम सुस्त भएको भन्दै यसको गति बढाउनु पर्नेमा जोड दिएका थिए । उनले सरकारले पार्टी नभइ पार्टीले सरकार चलाउने भएकाले त्यसका लागि कार्यदल बनाउनु पर्ने बताएका थिए ।

उनले पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या र उठेका गुनासा सम्बोधन गर्न स्थायी कमिटी सदस्यहरू नै रहनेगरी उच्चस्तरीय कार्यदल बनाउन प्रस्ताव गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनलाई सर्वसहमतले पारित गर्न पनि आह्वान गरेका थिए । 

अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदमाथि बोल्ने अधिकांश सदस्यले नेतृत्वको आलोचना गरेका थिए । दुई तिहाइ मतसहितको सरकार बनेपनि काम भने सोचे अनुरुप नगरेको पार्टी एकिकरणलाई तल्लो तहसम्म नपुर्याएको भन्दै आलोचना गरेका थिए ।

नेतृत्वले गुटको संरक्षण गरेको समेत बैठकमा आरोप लगाएका थिए । अध्यक्षहरुको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै नेता वामदेव गौतमले १६  पृष्ठ लामो अलग्गै प्रतिवेदन पेश गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।