सोमबार, साउन ११, २०८३

यस्तो बन्‍ने भयो धरहरा, आज शिलान्यास हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भूकम्पमा परि भत्किएको ३ वर्ष ८ महिनापछि धरहरा पुनर्निमाणको काम सुरु हुने भएको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले बिहीबार पुनर्निमाणको सुरुवात गर्दैछन् । 

बिहान ११ धरहराको सिलन्यास गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निमाण प्रधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । धरहरा निर्माणका लागि पटक पटक प्रयास भएपनि ३ वर्ष ८ महिना पछि बल्ल यसको पुननर्निमाण हुन लागेको हो । 

धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन्। पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ। कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा निर्माणको जिम्मा पाएको छ । सरकारले आफ्नै लगानीमा बनाउन लागेको धरहरा २४ तलाको हुनेछ । 

यस्तो बन्ने छ धरहरा

प्राधिकरणले सार्वजनिक गरेको डिजाइन अनुसार नवधरहराले करिब ४२ रोपनी क्षेत्रफल समेट्नेछ । त्यसमा हालको टक्सार विभाग, गोश्वारा हुलाक र सुन्धाराको क्षेत्रलाई पनि धरहराकै परिसरमा समेटिने योजनामा रहेको छ ।

नयाँ धरहराका डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो । उक्त डिजाइन अनुसार नयाँ बन्ने धरहरामा जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुनेछ । तर बाहिरबाट हेर्दा ११ तलाजस्तो मात्र देखिनेछ । क्षतिग्रस्त धरहराको ठुटो भागलाई भने माथि छत राख्नुका साथै चारैतिरबाट १० मिलिमिटरको ‘टेम्पर ग्लास’ ले घेरिनेछ ।

नवधरहरामा माथिल्लो भागसम्म पुग्न र ओर्लनका लागि दुई वटा अत्याधुनिक लिफ्ट जडान गरिनेछ । धरहराको अठारौँ तलामा १७ जनासम्म अट्ने सानो थिएटर बनाइनेछ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको श्रव्यदृश्य प्रस्तुत हुनेछ । करिब २४५ फिट अग्लो धरहराको सबैभन्दा माथिल्लो भागमा सीसाले घेरिएको ‘भ्यू डेस्क’ निर्माण गरिनेछ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गराउनुभएको धरहरा ११ तलाको थियो । १९९० सालको भुइँचालोले २ तला भत्किएपछि पुनर्निर्माण गर्दा ९ तलामा सीमित हुन पुगेको थियो । त्यसको उचाइ २०३ फिट मात्र थियो । धरहरामा चढ्नका लागि २१३ वटा सिँढी थिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।