शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता, खरिदकर्तालाई २०० क्यासब्याक

माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता, खरिदकर्तालाई २०० क्यासब्याक

 |  शुक्रबार, भदौ १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं- माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वद्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ।

National life

सम्झौताअनुसार देशभरका बिग मार्ट आउटलेटबाट ग्राहकले बैंकले उपलब्ध गराएका विीभन्न डिजिटल माध्यम प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्।

बैंकले ग्राहक सुविधालाई लक्षित गरी हरेक सोमबार बंैकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पीओएसबाट बिग मार्टमा पैसा तिर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० सम्मको क्यास ब्याक दिनेछ।

हाल ३०० बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई छुट दिइँदै आएको बैंकले जनाएको छ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यसहित ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवा सञ्चालन गरिरहेको छ।

Laxmi sunrise bank
kumari

हाल बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित इकाइ, २०० एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

 

प्रकाशित: Aug 30, 2024| 13:17 शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्