शुक्रबार, पुस ४, २०८२

टाटा मोटर्समा उत्साह, उमंगको दसैं योजना सार्वजनिक

 |  शुक्रबार, भदौ १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैं लक्षित टाटा मोटर्समा उत्साह उमंगको दसैं योजना सार्वजनिक गरेको छ।

National life

योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एउटा रोजेर लिन सकिनेछ। होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टि.भी, माइक्रोवेभ छन् भने ग्याजेटअन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

यस्तै, टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप भ्रमण अवसर राखिएको छ। बुकिङ गराउँदा पनि ग्राहकले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न सक्नेछन्।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनिट्रक, मिनिटिपर, योद्धा, एस, विंगर, इन्ट्रा र म्याजिकजस्ता गाडी खरिदमा लागू हुने कम्पनीले बताएको छ।
आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सकिनेछ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 30, 2024| 13:17 शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्