सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्रको गम्भीर लापरबाही : समवेदनाको सट्टा 'बधाई' !

परराष्ट्रको गम्भीर लापरबाही : समवेदनाको सट्टा 'बधाई' !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दा गम्भीर लापरबाही गरेको छ। 

बुधबार एक विज्ञप्ती जारी गर्दै इन्डोनेसियमा ज्वालामुखीपछि आएको सुनामीले भएको धनजनको क्षतिप्रति समवेदना व्यक्त गर्नु पर्नेमा बधाई दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको नामबाट परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ' शनिबार इन्डोनेसियाको बनटेन र लामपुङ क्षेत्रमा आएको सुनामीले धेरै मानवीय क्षति भएकोमा सम्माननीय राष्ट्रपति विद्सयादेवी भण्डारीले इन्डोनेसियमा सम्माननीय राष्ट्रपति जोको विडोडोप्रति 'बधाई' व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मानवीय क्षतिप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ।'

No automatic alt text available.
यस्तो गल्तीप्रति सामाजिक सञ्‍जालमा तत्काल व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले गल्ती सच्याएको छ। सच्याउने क्रममा पनि माफीसमेत मागेको छ। गल्ती सच्चयाएको विषयमा जानकारी गराउँदासमेत गल्ती गरेको छ। पत्रकार सुरेन्द्र पौडेललाई रवीट्वीट गर्दै करेक्टेड (सच्याइएको) लेख्नुपर्नेमा किरिक्टेड लेखेको छ।

 इन्डोनेसियमा ज्वालमुखी पछि आएको सुनामीमा परेर चार सय तीस जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन्। 

 परराष्ट्र मन्त्रालयजस्तो संवेदनशील निकायबाट बारम्बार गल्ती हुनु निकै दुर्भाग्य हो। व्यापक जनशक्ति हुँदाहुँदै पनि यस्तो संवेदनशील विषयमा   गम्भीर  गल्ती हुनु चरम लापरबाही भएको भन्दै व्यापक आलोचना भइरहेको छ।


यसअघि  राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको   नियुक्तिमासमेत गम्भीर गल्ती गरेको थियो। त्यसमा साल नै फरक परेपछि राष्ट्रपति कार्यालयले माफि माग्दै गल्ती सच्याएको थियो। मुलुककै सर्वोच्च निकायबाट पटक-पटक गल्ती हुँदा पनि चेत नखुल्नु भनेको लापरबाहीको पराकष्टा तथा गैरजिम्मेवारपन हो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।