सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

Siddartha premir insuranceSiddartha premir insurance

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

 |  बुधबार, भदौ १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

काठमाडौं- नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो ।

triton college

यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ ।

चाडपर्वको माहौललाई ध्यानमा राख्दै, नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

Metro Mart
vianet

 

प्रकाशित: Aug 28, 2024| 12:55 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्