शुक्रबार, पुस ४, २०८२

रियलमी मिस्टर नेपालको उपाधि झापाका सन्तोषलाई

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

काठमाडौं- मोबाइल ब्रान्ड रियलमी मुख्य प्रायोजक रहेको मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन्। सोल्टी होटलमा सम्पन्न ग्रान्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले पाँच लाख पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

National life

रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले रियलमी मिस्टर नेपाल २०२४ को शीर्ष उपाधि जित्न सफल भएकामा सन्तोषलाई बधाइ दिए।

‘मिस्टर नेपाल प्रतियोगिता मात्र नभएर यस्तो प्लाटफर्म हो, जहाँ बाहिरी सुन्दरतासँगै युवाको समग्र व्यक्तित्वको पहिचान र उच्च मूल्यांकन गरिन्छ। यसमा युवा क्षमतासमेत पहिचान गरिनु सकारात्मक हो’, उनले भने।

प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वल्र्ड नेपाल चुनिएर म्यान अफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। योगेश र आयुष दुवैले तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप, आयुष बमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधान पब्लिक च्वाइस, साकार बजिमयले मस्ट इन्टिलेक्चुयलको उपाधि जिते।

Laxmi sunrise bank
kumari

यस्तै, मनोज गुरुङ बेस्ट फिजिक, आयुष दुलाल बेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फाटोजेनिक, पियुष श्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रज श्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजल कपाली मिस्टर फेसनिस्टा र मनोज गुरुङ वेस्ट स्पोर्टस्मेनसिप अवार्ड विजेता बनेको आयोजनकले बताएको छ।

 

प्रकाशित: Aug 28, 2024| 12:53 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्