शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा अटो शोमा बजाजको हालसम्मकै ठूलो पल्सर मोटरसाइकल सार्वजनिक

नाडा अटो शोमा बजाजको हालसम्मकै ठूलो पल्सर मोटरसाइकल सार्वजनिक

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ।

National life

नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत बजाजप्रेमी नेपालीलाई रोमाञ्चक राइडको अनुभव दिने विश्वास कम्पनीको छ।

लामो समयदेखि प्रतीक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश छ, जसले ३९.४ ब्रेक हर्ष पावर र ३५ एनएमको टर्क दिन्छ। ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको कम्पनीले बताएको छ।

पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ, जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्ने दाबी कम्पनीको छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गरिएको बताए। नेपाली बजारमा लामो समयदेखि प्रतीक्षित एनएस ४०० जेडले यो विरासतलाई नयाँ उचाइमा लैजाने विश्वास उनले व्यक्त गरे।

Laxmi sunrise bank
kumari

बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चार वटा राइडिङ मोड समावेश छन्। स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ, जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ।

बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश छ, जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि उपलब्ध गराउनेछ। मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ।

१२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरी यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।

भदौ ११ देखि भदौ १६ सम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने  ग्राहकले ५,५९,९०० मा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्नेछन्।

कम्पनीले नाडा अटो शोमा एक्सप्रेस योर सेल्फ नामक अन्तरक्रियात्मक थिम पनि सञ्ञ्चालन गरिरहेको छ। यसअन्तर्गत शोमा आउने अतिथिलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।

यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसव्यवस्था गरिएको र त्यहाँ सहभागीले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभास वा मोटरसाइकलमै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्ने कम्पनीले बताएको छ।

प्रकाशित: Aug 28, 2024| 12:52 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्