काठमाडौं- भृकुटीमण्डपमा जारी १६औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको अटो शोमा विकास महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको हो।
आम नागरिकलाई गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने बैंकले जनाएको छ। बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गरिने जानकारी दिउको छ। बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकले स्टल नम्बर ई३३ मा सम्पर्क गर्न सक्ने छन्।
ग्राहकले आवेदन क्युआरमार्फत समेत गर्न सक्ने जनाएको छ। हाल बैंकले १०३ शाखा कार्यालयमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ।