शनिबार, जेठ १६, २०८३

नाडा अटो शोमा ‘केई’ का ३ मोडेल सार्वजनिक

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा मोडेल सार्वजनिक गरेको छ।

National life

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ का् अवसर पारेर कम्पनीले तीन वटा मोडेल सार्वजनिक गरेको हो।

अटो शो उद्घाटन गर्न पुगेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती गाडीहरू सार्वजनिक गरेका हुन्। कम्पनीका अनुसार सार्वजनिक भएका नयाँ मोडेलमा ई–क्युट ०२,  ई–क्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी छन्।

ई–क्युट ०२ मोडल दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० किलोमिटर रेन्ज दिने भेरियन्ट र ३०० किलोमिटर रेन्जको भेरिएन्ट छन्। जसको मूल्य क्रमशः १९ लाख ९६ हजार र  २२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ भने अधिकतम टर्क ११० एनएम छ।

Shivam cement

त्यसै गरी ई–क्युट ०४, ३०० किलोमिटर रेन्जको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसै गरी तेस्रो मोडल एक्स३ प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरियन्ट उपलब्ध छ। डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ भने अधिकतम टर्क २८० एनएम छ।

नाडा स्पेसल अफर अन्तर्गत केई गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जरका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

नाडा अटो शोमा स्टल नम्बर एच–१६ बाट केई ब्रान्डबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 27, 2024| 19:55 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्