सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ विमानस्थल चलाउन अन्तर्राष्ट्रिय वायुसेवा प्रतिनिधिसँग पर्यटनमन्त्रीको छलफल

Siddartha premir insuranceSiddartha premir insurance

नयाँ विमानस्थल चलाउन अन्तर्राष्ट्रिय वायुसेवा प्रतिनिधिसँग पर्यटनमन्त्रीको छलफल

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् ।

triton college

पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री पाण्डेले यी विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको बताए । पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन खोजिएको भन्दै उनले देशको जटिलता बुझेर सरकारले यस्तो निर्णय गरेको बताए। मन्त्री पाण्डेले दुइटै विमानस्थल सञ्चालन गर्न नीतिगत, व्यावसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए ।

उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारत लगायत देशबाट पोखरा र भैरहवामा पर्यटक भित्र्याउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व संकलन गर्न सक्ने बताए ।

सरकारले ल्याएको प्याकेज केही समयपछि के होला भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय वायुसेवाका प्रतिनिधिसँग आग्रह गरे। मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन र भारतसँग कूटनीतिक छलफलमा रहेको बताए । छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायत दर्जनभन्दा बढी वायु सेवा सञ्चालकका प्रतिनिधि उपस्थित थिए ।

प्रकाशित: Aug 27, 2024| 19:53 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्