सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सुजुकीको दसैंतिहार लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक

Siddartha premir insuranceSiddartha premir insurance

सुजुकीको दसैंतिहार लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदै गरेका महान् चाड दसैँतिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैँतिहारको अवसर पारेर ‘सुजुकी पर्वोत्सव अफर’ नामक योजना सार्वजनिक गरेको हो  ।

triton college

उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एसेसरिजहरू पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शोको अवसर पारेर प्रदर्शनी अवधिभरमा सुजुकीका गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप २ लाख रुपैयाँसम्म छुट प्रदान गर्ने घोषणा पनि गरेको  छ । यसमा केही सर्तहरू भने लाग्ने कम्पनीको भनाइ छ ।  

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथो संस्करणको नयाँ एपिक स्विफ्ट इलेक्ट्रिक कारमा जस्तै ५ वर्षका लागि शून्य रनिङ खर्च हुने गरी अफर पनि ल्याएको छ। यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझबिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

यस्ता छन् योजनाका मुख्य विशेषता
शून्य रनिङ खर्च : एपिक स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नुपर्ने छैन भने ५ वर्षका लागि मर्मत सम्भार र पीएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन । कम्पनीको मापदण्डअनुसारका ११ वटै नियमित सर्भिसमा पनि शुल्क नलाग्ने ।
नि:शुल्क अटो बीमा र एसेसरिज : यो योजनामा थप १ वर्षको बीमा र सिट कभरसहितको सुजुकी जेन्युन एसेसरिजहरू पनि निःशुल्क पाइने ।
थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : बिक्रीपछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी ।
उच्च रिसेल भ्यालु : एपिक स्विफ्ट गाडी विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्नुपर्दा पनि फाइदा हुने ।
यस योजनामा केही सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।  

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरकफरक किसिमका छुटहरू लागू हुने कम्पनीले बताएको छ । नाडा अटो शोमा सुजुकीले चौथो संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरिसकेको छ । नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरू जिम्नी, फ्रोन्क्स, ग्रान्डभितारा र नयाँ ब्रेजा पनि प्रदर्शनीमा रहेको कम्पनीले जनाएको छ ।  

Metro Mart
vianet

यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ ।

प्रकाशित: Aug 27, 2024| 17:41 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्