शुक्रबार, पुस ४, २०८२

हिमालयन लाइफ इन्स्योरेन्समा सीईओ र एसीईओबीच विवाद

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्ण र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) भुपराज पराजुलीबीच विवाद सुरु भएको छ।

National life

कम्पनीले कोशी प्रदेश प्रमुख रहेका एसीईओ पराजुलीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरेपछि विवाद सुरु भएको हो। कम्पनीले पराजुलीलाई साउन अन्तिम साता कोशीबाट सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय गरेको थियो। उक्त सरुवालाई पराजुलीले पेलाइको रुपमा लिएका छन्।

एसीईओ पराजुलीले सरुवा गरेको ठाउँमा नगएपछि कम्पनीले भदौ पहिलो साता उनीसँग स्पष्टीकरण सोधेको थियो। उच्च तहका अधिकारीबीचको द्वन्द्वले कर्मचारीबीच विभाजन आउने, गुटबन्दी सुरु हुने र लाखौं सेयरहोल्डरको लगानी रहेको कम्पनीको व्यवसायमै प्रतिकूल असर पर्न सक्ने जोखिम बढेको छ।

 

प्रकाशित: Aug 27, 2024| 17:38 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्