शुक्रबार, पुस ४, २०८२

महालक्ष्मी विकास बैंक आईएसओ ९००१:२०१५ बाट प्रमाणित

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१:२०१५  प्रमाणित कम्पनी बनेको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा उपलब्ध गराएको प्रतिफलस्वरुप बैंकले साउन ३२ मा आईएसओबाट प्रमाणित हुन सकेको हो।

National life

बैंकले प्रोभिजन अफ डेभलपमेन्ट एक्टिभिटिज्अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको  र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकमा महालक्ष्मी अग्रणी संस्था बनेको हो।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका, उत्कृष्ट सेवा दिन सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्।

प्रमाणपत्र प्राप्तिका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट रोयल इम्प्याक्ट सर्टिफिकेसन, अमेरिबाट गरिएको बैंकले जनाएको छ।

हाल बैंकले १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 27, 2024| 17:37 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्