शनिबार, जेठ १६, २०८३

पाँच रेमिट कम्पनीको लाइसेन्स खारेज

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।  राष्ट्र बैंकले राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर र माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वतः खारेज भएको सूचनामार्फत जानकारी दिएको हो।

यी कम्पनीको राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९  बमोजिम स्वतः खारेज भएको राष्ट्र बैंकले बताएको छ। खारेजीमा परेका विप्रेषण कम्पनीसँग कोही कसैको लेनदेन वा हिसाब भए आगामी ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी दिन आग्रह गरेको छ।

 

प्रकाशित: Aug 27, 2024| 17:36 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्