बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु महालक्ष्मी लाइफको साढे १० प्रतिशत लाभांश र ७ प्रतिशत हकप्रद सेयर

प्रभु महालक्ष्मी लाइफको साढे १० प्रतिशत लाभांश र ७ प्रतिशत हकप्रद सेयर

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १०.५२६ प्रतिशत लाभाश घोषणा गरेको छ।

Kumaribank

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

भदौ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डमा १७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति मागेको इन्स्योरेन्सले अब बोनस सेयर पश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ।

इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १७ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको थियो।

 

Metro Mart

प्रकाशित: Aug 27, 2024| 17:36 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्