शुक्रबार, भदौ ५, २०८३

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। दिउँसो तीन बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको नेता मोहन श्रेष्ठले जानकारी दिए। 

फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आजको कार्य सम्पादन समितिको बैठकमा गहन छलफल गर्ने कार्यसूची रहेको छ। 

राप्रपाले अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा एक समिति बनाएको थियो। उक्त समितिले तयार पारेको प्रतिवेदन पनि आजको कार्यसम्पादन समितिको बैठकमा छलफलका लागि प्रस्तुत गरिने नेता श्रेष्ठले जानकारी दिए। राप्रपाले आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने यसअघि नै तय गरिसकेको छ।

प्रकाशित: Aug 15, 2021| 12:12 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...