सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : प्रदीप रावल सामान्य तारेखमा रिहा

निर्मला हत्या प्रकरण : प्रदीप रावल सामान्य तारेखमा रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-निर्मला हत्या प्रकरणमा पक्राउ परेका कञ्चनपुरका प्रदीप रावल सामान्य तारेखमा रिहा भएका छन् । घटनामा दोषी कबुल गराइएका रावललाई बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिहा गरेको हो । 

गत मंसिर १८ गते मंगलबार पक्राउ परेका उनलाई तीन हप्तापछि अदालतले रिहा गरेको हो । 

रावल पक्राउ परेपछि निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको प्रहरीले दाबी गरेपनि अहिले प्रमाण नपुगेर रावललाई रिहा गरेपछि निर्मला हत्या प्रकरण अझै जटिल बन्दै गएको छ । 

स्थानीय वर्कसर्पमा काम गर्ने रावललाई साउन १० गते कुखुरा चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । कञ्चनपुर प्रहरीले पक्राउ गरेर छाडेका रावललाई चार महिनापछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो । 

रावललाई आफन्तको सहयोगमा काठमाडौंमा बोलाएर पक्राउ गरिएको थियो ।

प्रहरी हिरासतमा रहेका उनले अपराध स्वीकार गरेको प्रहरीले दाबी गरेको थियो । रावल पक्राउ परेपछि नेपाल प्रहरी प्रमुख आइजिपी सवेन्द्र खनालले राति १० बजेदेखि बिहान साढे दुई बजेसम्म आफैंले बयान लिएका थिए । 

उनीसँग पक्राउ परेका विशाल चौधरी १८ दिनपछि रिहा भएका थिए । उनले प्रहरीले दिएको याताना खप्न नसकेर अपराध स्वीकार गरेको बताएका थिए ।

यसअघि प्रहरीले पक्राउ गरेका दिलीपसिंह विष्टको डिएनए परिक्षण गर्दा नमिलेपछि उनलाई पनि छाड्नुपरेको थियो । 

प्रहरीले अभियुक्त दाबी गरेका व्यक्तिहरु प्रमाण नपुगेर लगातार छुट्न थालेपछि निर्मला हत्या प्रकरणको अनुसन्धान कमजोर र थप संकास्पद बन्दै गएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।