शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि सुक्खा बन्दरगाह भन्सारको लक्ष्य घटाइयो

लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि सुक्खा बन्दरगाह भन्सारको लक्ष्य घटाइयो

 |  सोमबार, भदौ १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

पर्सा- पर्सास्थित सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ। कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो।

National life

भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको बताए।

'कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा पाँच अर्बभन्दा धेरै राजस्व संकलन गर्न सकिएको थियो', उनले भने, 'गत आवमा लक्ष्यअनुसारको राजस्व संकलन हुन भने सकेन।'

भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व संकलन गरेको थियो।

विभागले कार्यालयलाई आव २०७९/८० मा पनि ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो। तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व संकलन गरेको थियो।    -रासस

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Aug 26, 2024| 20:01 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्