शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकलाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

एनआईसी एशिया बैंकलाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

 |  सोमबार, भदौ १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

काठमाडौं- दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ।

National life

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सबै बैकिङ सेवाहरू क्रमश: डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकले पुरस्कारबाट डिजिटल बैंकिङको पहलमा थप उत्प्रेरणा मिलेको जनाएको छ।

इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत २०२४ अगस्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो।

यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए।

यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालबाट एनआईसी एशिया बैंक उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो। यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 26, 2024| 14:01 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्