शनिबार, चैत २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफको चेतनामूलक भिडियो ‘किनकि जीवन अमूल्य छ’ सार्वजनिक

नेपाल लाइफको चेतनामूलक भिडियो ‘किनकि जीवन अमूल्य छ’ सार्वजनिक

 |  सोमबार, भदौ १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

काठमाडौं- नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा मानिने कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बीमितहरुले आफूले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ मर्मस्पर्शी एवं जनचेतनामूलक भिडियो सामग्री सार्वजनिक गरेको छ।

National life

‘किनकि जीवन अमूल्य छ’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्षदेखि नेपालीहरुको घरदैलोमा जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जस्तोसुकै परिस्थिति आए पनि बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाइएको जनाएको छ।

भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भविष्यमा आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ।

मुख्य पात्रको भूमिकालाई कलात्मक र भिन्न रुपमा प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीत मार्फत व्यक्त गरिएको छ।

काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिँड्न तथा जीवन बीमा योजनालाई बीचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्न समेत विशेष आग्रह गरिएको छ।

kumari

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बीमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बीमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको बताए।

उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे। आगामी दिनमा पनि कम्पनीले बीमाको सचेतना अभिवृद्धि गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रकाशित: Aug 26, 2024| 13:59 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्