सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ योजना सार्वजनिक

 |  आइतबार, भदौ ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

काठमाडौं- होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना लिएर आएको छ।

triton college

यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा रु ५००,००० सम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र नि:शुल्क करका साथै र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि नि:शुल्क पाउने छन्। 

ग्राहकलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको छ। कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउनेछ। 

यसका साथै होन्डाले आफ्नो ग्राहकहरूलाई रोडसाइड एसिस्टेन्सको सुविधाका साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ। यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 25, 2024| 20:36 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्