शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, चुक्ता पुँजी ५ अर्ब २१ करोड

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, चुक्ता पुँजी ५ अर्ब २१ करोड

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

काठमाडौं- नेशनल लाईफ कम्पनीको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो। सिंहले आर्थिक बर्ष २०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसके पनि गत आर्थिक बर्ष २०८०/०८१ मा सुधारको वाटो तय गरेको जानकारी दिइन्।

National life

आव २०७९/०८० मा कम्पनीको वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको बताइएको छ। कम्पनीको कूल बीमा शुल्क १६.६६ प्रतिशतले बृद्धि भएर १६ अर्ब ८० करोड पुगेको छ। समिक्षा वर्षको संचालनवाट जम्मा ९ अर्ब ३१ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भएर वर्षान्तमा ६५ अर्ब ४० करोड पुगेको छ।

कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भएर ४९ अर्ब ७८ करोड पुगेको छ। कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको बताइएको छ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ। कम्पनीले आगामी दिनमा आफ्नो स्वामित्वमा रहेको जग्गामा ब्यापारिक भवन निर्माण गर्ने जनाएको छ। यसै क्रममा कम्पनीले नेपालगन्जमा भवन निर्माण सम्पन्न गर्न लागेको छ।

कम्पनीले आव २०७९/०८० को बीमाङ्कन सन्तोषप्रद रहेको भन्दै नियामकीय निकायको निर्देशन अनुसार बीमितहरुलाई दिदैं आएको वोनस दरमालाई निरन्तरता दिएर बीमितलाई उचित प्रतिफल दिन सफल भएको जनाएको छ।

Laxmi sunrise bank
kumari

३६ औं वार्षिक साधारण सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५ अर्ब १ करोडमा १० प्रतिशतका दरले नगद लाभांश ५० करोड र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २० करोडका साथै उक्त नगद तथा बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५ अर्बमा ४ प्रतिशतको वोनस शेयर थप गरी कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड पुगेको छ।

प्रकाशित: Aug 25, 2024| 17:27 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्